विद्युतको पहुँच ९८ प्रतिशत पुगेको कुलमानको दाबी कति सत्य ?
काठमाडौँ । विद्युत् प्राधिकरणले विद्युत् पहुँचको सम्बन्धमा विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो ।
यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा विद्युत्को पहुँच ९८ प्रतिशत रहेको बताउँदै आएका थिए । अहिले प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र अनुसार अहिलेसम्म विद्युत् पुगेका पलिकाको सङ्ख्या ९७.५ प्रतिशत पुगेको उल्लेख गरिएको छ । यो पालिकाको हिसाबले कुलमानले गर्दै आएको दाबी सत्य देखिएको छ ।
तर, विद्युत् पहुँच पुगेका वडा, घर संरचना र परिवारको सङ्ख्या हेर्दा भने अझै धेरै नागरिक पहुँचमा पुग्न नसकेको जनाइएको छ । माघ मसान्तसम्म विद्युत् पहुँच पुगेका वडाको सङ्ख्याका कुल वडाको ९५ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
घर संरचनाको आधारमा हेर्दा विद्युत् पहुँच ९१.४१ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ भने परिवार सङ्ख्याका आधारमा यो सङ्ख्या ८४.६२ प्रतिशत मात्रै रहको उल्लेख गरिएको छ ।
२०८१ माघसम्म ५५ लाख ६ हजार ग्राहक सङ्ख्या रहेका छन् । अहिलेसम्म ३ हजार ५११ मेगावाट जडित क्षमता रहेको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण