बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

विद्युतको पहुँच ९८ प्रतिशत पुगेको कुलमानको दाबी कति सत्य ?

शुक्रबार, १९ वैशाख २०८२, १५ : १२
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । विद्युत् प्राधिकरणले विद्युत् पहुँचको सम्बन्धमा विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो । 

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा विद्युत्को पहुँच ९८ प्रतिशत रहेको बताउँदै आएका थिए ।  अहिले प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र अनुसार अहिलेसम्म विद्युत् पुगेका पलिकाको सङ्ख्या ९७.५ प्रतिशत पुगेको उल्लेख गरिएको छ । यो पालिकाको हिसाबले कुलमानले गर्दै आएको दाबी सत्य देखिएको छ । 

तर, विद्युत् पहुँच पुगेका वडा, घर संरचना र परिवारको सङ्ख्या हेर्दा भने अझै धेरै नागरिक पहुँचमा पुग्न नसकेको जनाइएको छ । माघ मसान्तसम्म विद्युत् पहुँच पुगेका वडाको सङ्ख्याका कुल वडाको ९५ प्रतिशत रहेको उल्लेख गरिएको छ । 

घर संरचनाको आधारमा हेर्दा विद्युत् पहुँच ९१.४१ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ भने परिवार सङ्ख्याका आधारमा यो सङ्ख्या ८४.६२ प्रतिशत मात्रै रहको उल्लेख गरिएको छ । 

२०८१ माघसम्म ५५ लाख ६ हजार ग्राहक सङ्ख्या रहेका छन् । अहिलेसम्म ३ हजार ५११ मेगावाट जडित क्षमता रहेको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप