बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग (मागपत्रसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले प्रदेशका मुख्यमन्त्रीसमक्ष सुशासन, रोजगारी र विकाससँग सम्बन्धित मागपत्र बुझाएको छ । प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्र प्रकाश पुरी नेतृत्वको टोलीले कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलसमक्ष ५१ बुँदामा समेटिएको मागपत्र बुझाएको हो ।
मागपत्रमा नेपालको स्वतन्त्रता सार्वभौमिकता, भौगोलिक अखण्डता कायम राख्न उत्तरी क्षेत्रहरूका अन्तर्राष्ट्रिय सीमाहरूको यथोचित व्यवस्थापन गर्नुपर्ने, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तार प्रक्रिया अघि बढाउनुपर्ने तथा संविधानमा रहेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत रहेका छन् ।
यसैबिच सो पार्टीको केन्द्रीय निर्देशनअनुसार ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा ७७ वटै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
शुक्रबार पार्टीका प्रदेश र जिल्ला कमिटीले जिल्ला र प्रदेशका समस्या, वस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शिता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर ज्ञापन पत्र बुझाएको हो ।
केन्द्रीय कमिटीका तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले वैशाख १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर ज्ञापन पत्र बुझाएको थियो ।
त्यसैगरी पालिका र वडा पालिका कमिटीले वैशाख २२ गते ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । रचनात्मक आन्दोलनद्वारा पार्टी निर्माण र मुलुकको समृद्धिका निम्ति पार्टीले गत चैत १ गते पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण