कृषि अनुसन्धान : मनहरीमा चैतेधान परीक्षण
चितवन । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ । उक्त कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधान परीक्षण गरिएको हो ।
उक्त कार्यालयबाट आलु र मकै पनि परीक्षण भएको छ । कालिका नगरपालिकामा मकैको परीक्षण जारी छ भने खैरहनी नगरपालिकामा आलुको परीक्षण भइसकेको छ ।
मनहरीमा हर्दिनाथ हाइब्र्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको हो । कुन जातको चैतेधान कति उत्पादन हुन्छ भनेर परीक्षण गरिएको जनाइएको छ । परीक्षणका क्रममा रासायनिक मल, विषादी, प्राङ्गारिक मल, विषादीको प्रयोग पनि परीक्षण गरिएको छ । मल विषादीसँगै पानीको प्रयोग कति गर्दा उत्पादनमा हुने परिवर्तनबारे पनि अध्ययन भएको छ ।
खैरहनी नगरपालिकामा चैते ५ मा नाइट्रोजन परीक्षण गरिएको छ । नाइट्रोटनको मात्राअनुसार धानमा आउने परिवर्तन अध्ययन गर्न परीक्षण गरिएको जनाइएको छ । नाइट्रोजनको प्रयोगले धानको गाँज, उचाइ र उत्पादनबारे जानकारी हुने सूचना अधिकारी त्रिपाठीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण