गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
लन्डन । लन्डनमा यही आइतबार हुन् गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा सहभागी हुन गायक नवीन के भट्टराई र उनको ब्यान्ड ‘अतृप्त’ शुक्रबार लन्डन आइपुगेको छ । आइतबार हुन लागेको कमेडी र सङ्गीत मिश्रित कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि गायक भट्टराई र ब्यान्ड ६ सदस्य शुक्रबार लन्डन हिथ्रो उत्रिएका हुन् ।
कलाकारहरूलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डेसहित अन्य सदस्यहरूले स्वागत गरेका थिए। गायक भट्टराईले २७ अप्रिल साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा आएर ‘इन्जोय’ गर्न अपिल गरे ।
‘यस्तो मौका सधैँ जुर्दैन । हामीहरू लाइभ गीत सङ्गीत प्रस्तुत गर्न धेरै टाढाबाट आएका छौँ । तपाईंहरु आएर साथ दिनुपर्छ है’ उनले भने । महानायक राजेश हमाल र हास्य कलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) यस अघि नै लन्डन आइसकेका छन् ।
महानायक हमाल पहिलो पटक स्ट्याण्ड अप कमेडीका रूपमा स्टेजमा उत्रनेछन् । माया इभेन्ट्सका निर्देशक राज पाण्डेले आफूहरू इभेन्ट ऐतिहासिक बनाउन जुटिरहेको जनाउँदै समस्त दर्शकहरूलाई पनि कार्यक्रममा आएर साथ दिन अनुरोध गरे । ‘यस्तो कार्यक्रम एक ठाउँ ह्यारोमा मात्र हुने भएकोले मिस नगर्नुहोला’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण