जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
शनिबार, १३ वैशाख २०८२, ०४ : ४९
काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबलमा हिडेनहाइम विजयी भएको छ । ३१ औं चरणका खेल सुरु हुँदा हिडेनहाइमले भीएफबी स्टुटगार्टलाई १-० ले हरायो ।
पाहुना टोलीलाई विजयी गराउन म्याथियास होन्साकले निर्णायक गोल गरे । उनले ८९ मिनेटमा गोल गरेका हुन् । जितपछि हिडेनहाइम रेलिगेशन जोनबाट उम्किएको छ भने स्टुटगार्ट ११ औं स्थानमा कायम छ ।
शीर्ष स्थानको बायर्न म्युनिखको ७२ अंक छ भने दोस्रो स्थानको बायर लिभरकुजेनको ६४ अंक छ । यस्तै, ५२ अंकका साथ फ्र्यान्कफर्ट तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण