दुई अर्बको सिमेन्ट भारत निर्यात
शनिबार, १३ वैशाख २०८२, १४ : ३३

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म दुई अर्ब बराबरको सिमेन्ट भारततर्फ निर्यात भएको छ ।
यो अवधिमा २ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बराबरको १२ लाख ३६ हजार ४३६ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब ५५ करोड १४ लाख रुपैयाँको ७ लाख ५५ हजार ६४३ मेट्रिक टन सिमेन्ट र ६४ करोड २० लाख रुपैयाँ बराबरको क्लिङ्कर निर्यात भएको हो ।
फागुनसम्म १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब ३३ करोड ३३ लाख रुपैयाँको ७२४५३० मेट्रिक टन सिमेनट र ६१ करोड ६३ लाख रुपैयाँ बराबरको ४ लाख ७६ हजार ४५२ मेट्रिक टन सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यसअनुसार चैतमा मात्रै २४ करोड ३८ लाख रुपैयाँ बराबरको ३५४५५ मेट्रिक टन सिमेन्ट निर्यात भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
-
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा