दुई अर्बको सिमेन्ट भारत निर्यात
शनिबार, १३ वैशाख २०८२, १४ : ३३
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म दुई अर्ब बराबरको सिमेन्ट भारततर्फ निर्यात भएको छ ।
यो अवधिमा २ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बराबरको १२ लाख ३६ हजार ४३६ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब ५५ करोड १४ लाख रुपैयाँको ७ लाख ५५ हजार ६४३ मेट्रिक टन सिमेन्ट र ६४ करोड २० लाख रुपैयाँ बराबरको क्लिङ्कर निर्यात भएको हो ।
फागुनसम्म १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब ३३ करोड ३३ लाख रुपैयाँको ७२४५३० मेट्रिक टन सिमेनट र ६१ करोड ६३ लाख रुपैयाँ बराबरको ४ लाख ७६ हजार ४५२ मेट्रिक टन सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यसअनुसार चैतमा मात्रै २४ करोड ३८ लाख रुपैयाँ बराबरको ३५४५५ मेट्रिक टन सिमेन्ट निर्यात भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण