आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला

आइतबार, १४ वैशाख २०८२, १७ : ५८
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा.शेखर कोइरालाले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आन्दोलनरत शिक्षकहरुमाथि प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । डा.कोइरालाले एक दुई दिनमै शिक्षकहरुका समस्या समाधान गरी पठनपाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण समेत गराए । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो । पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो । अब धेरै ढिला भयो । एक दुई दिन मै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

विद्यालय शिक्षा एने जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप