हत्कडीसहित अभियुक्त फरार
आइतबार, १४ वैशाख २०८२, २१ : २७

कैलाली । मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हत्कडीसहित फरार भएकी छन् ।
मानव बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएकामा उनी हत्कडीसहित फरार भएकी हुन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएकी बताए ।
निजलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?