सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा
सोमबार, १५ वैशाख २०८२, १४ : ३७

काठमाडौँ । भारतीय संगीत कम्पनी ‘टि सिरिज’ले नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक गरेको छ । टि–सिरिजले सोमबार आफ्नो युट्युब च्यानलमा गीत रिलिज गरेको थियो । रिलिज गरेको ३ घन्टामै गितले १ लाख ९४ हजार भन्दा बढी भ्यूज पाएको थियो ।
हिन्दी भर्सनमा गीतको टाइटल ‘उफ’ राखिएको छ । गीतको भिडियोमा सुशान्तको साथमा अभिनेत्री स्वस्तिमा खड्कालाई देख्न सकिन्छ ।भिडियोको सेटिङ एउटै छ । तर यसमा नेपालीमा आएको गितमा खेलाइएका अन्य कलाकारलाई देखाइएको छैन । गीतको नेपाली संस्करण निकै हिट भएको थियो ।
यो युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्ट्रिमिङ भएको थियो । टि सिरिजले यसअघि पनि केही नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटमा प्रदर्शन भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडी बाटोमै रोकिए (तस्बिरहरू)
-
डा. बबी सिंह रिहा, थप अनुसन्धानको जिम्मेवारी सर्लाही प्रहरीलाई
-
विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
-
‘दलहरूबिचको चरम अविश्वासलाई हेर्दा मध्यावधिमा जानु नै ठिक हुन्छ’
-
नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा
-
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट