गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड
काठमाडौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथको पूजाआज गर्नेको भीड लागेको छ । रथलाई पुलचोकबाट तानेर बिहीबार गाःबहाल पुर्याइएको थियो । आज बिहान गाःबहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ ।
रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पुर्याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ ।
यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिनबाट रथयात्रा शुरु गरिएको हो । आज शुक्रवार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण