डा. बबी सिंह रिहा, थप अनुसन्धानको जिम्मेवारी सर्लाही प्रहरीलाई
काठमाडौँ । ‘पेस्तोल डान्स’ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने जसपाकी केन्द्रीय सदस्य डा. बबी सिंहलाई प्रहरीले सम्पर्कमा रहेन ‘सर्त’मा रिहा भएकी छन् । घटना बाहिरिएपछि उनलाई प्रहरीले बाेलाएकामा बिहीबार साँझ कागज गरेर छाडिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए ।
सप्तरी घर भएकी बबीले सर्लाहीको मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी कार्यक्रममा नाच्दा पेस्तोल फायर गरेको स्वीकार गरेकी छन् । सो पेस्तोल नक्कली भएको उनले दाबी गरेको एसपी खतिवडाले बताए ।
डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जली कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए ।
पेस्तोल बरामद गरेर त्यसबारे सर्लाही प्रहरीले नै अनुसन्धान थालेको छ । घटनास्थल सर्लाहीमा भएको र दसी समेत त्यहीँबाट बरामद गरिएको हुनाले अनुसन्धान पनि सर्लाहीबाट नै हुने एसपी खतिवडाले जानकारी दिए ।
उनले भने, ‘अब थप अनुसन्धान सर्लाहीबाट नै हुन्छ ।’
बिहीबार सामाजिक सञ्जालमा उनले पेस्तोल पड्काउँदै डान्स गरेको भिडियो भाइरल भएसँगै सप्तरी प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण