प्ले–अफ चरणमा पुग्न आतुर गुजरातलाई पहिलोपटक उसैको घरमा हराउने धुनमा हैदराबाद
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार सनराइजर्स हैदराबादले बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सको सामना गर्दैछ । खेल गुजरातको घरेलु मैदान अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको जारी सिजनमा खेल्न लागिएको यो ५१औँ खेल हो । जारी सिजनको आईपीएलमा गुजरात र हैदराबाद फरक परिस्थितमा छन् । गुजरातको प्ले–अफ चरणमा प्रवेश गर्ने सम्भावना बलियो देखिन्छ भने हैदराबादको अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ ।
हैदराबाद र गुजरात दुबैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । जारी सिजनको आईपीएलमा यी दुबै टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । गुजरातले हैदराबादलाई उस्को घरेलु मैदानमा सात विकेटले हराएको थियो ।
गुजरात टाइटन्सले हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।
सनराइजर्स हैदराबादले पनि हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । हैदराबादले सन् २०१६ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई आठ रनले हराएको थियो ।
बलियो गुजरात र दबाबमा हैदराबाद
आईपीएलको जारी संस्करणमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबादले हालसम्म नौ–नौ खेल खेलेका छन् । तर, हैदराबादको तुलनामा गुजरातको प्रदर्शन अब्बल देखिन्छ । गुजरात प्ले–अफ चरणमा पुग्न आतुर देखिन्त भने हैदराबादको अगाडि बढ्ने सम्भावना निकै कम छ ।

गुजरातले हालसम्म खेलेको नौमध्ये ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । गुजरात १२ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । हैदराबादले भने नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद ६ अंकसहित नवौँ स्थानमा छ ।
हेड टु हेडमा गुजरात अगाडि
आईपीएलमा हालसम्म गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच कुल ६ खेल खेलिएको छ । त्यसमा हैदराबादभन्दा गुजरात बलियो देखिन्छ । गुजरातले चार खेलमा हेदराबादलाई हराएको छ । हैदराबादले भने एक खेलमा मात्र गुजरातलाई हराउन सकेको छ ।
यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच दुई खेलमात्र खेलिएको छ । ति दुबै खेलमा गुजरातले सफलता हात पारेको छ ।
यसैगरी, गुजरातले आफ्नो घरेलु मैदानमा खेलिएको २० खेलमध्ये १२ खेलमा जित हात पारेको छ । घरेलु मैदानमा खेलिएको बाँकी आठ खेलमा भने गुजरातको टोली पराजित भएको छ ।
गुजरातका साई सुदर्शनको नाममा पाँच अर्धशतक

जारी सिजनको आईपीएलमा गुजरात टाइटन्सका ब्याट्सम्यानहरु लयमा देखिन्छन् । गुजरातका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साई सुदर्शन हुन् । उनले टोलीका लागि चार सय ५६ रन बनाएका छन् । यस क्रममा उनले पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
उनी यो सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा छन् । गुजरातका लागि जस बटलरले पनि कुल चार सय ६ रन बनाइसकेका छन् । यसका अतिरिक्त कप्तान शुभमन गिलले पनि कुल तीन सय ८९ रन बनाएका छन् ।
जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने माथिल्ला सात ब्याट्सम्यानको सूचिमा गुजरातका तीनजना खेलाडी छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने प्रसिद्ध कृष्णा हुन् । उनले नौ खेलमा १७ विकेट लिइसकेका छन् ।
यो सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा प्रसिद्ध दोस्रो स्थानमा आसिन छन् । प्रसिद्धका अतिरिक्त मोहम्मद सिराज, ईशान्त शर्मा र स्पिनर राशिद खान पनि लयमा देखिएका छन् ।
हैदराबादको सर्वाधिक रन क्लासनको नाममा

आईपीएलको जारी संस्करणमा सनराइजर्स हैदराबादका ब्याट्सम्यानहरुले भने खासै गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हेनरिक क्लासन हुन् । उनले नौ खेलमा कुल दुई सय ८८ रन बनाएका छन् ।
ट्राभिस हेडले पनि नौ खेलमा कुल दुई सय ६१ रन बनाएका छन् । अभिषेक शर्माले कुल दुई सय ४० रन बनाएका छन् । तर, पछिल्लो दुई खेलमा अभिषेक शर्माको प्रदर्शन निराशाजनक देखिएको छ । हैदराबादका लागि यो चिन्ताको विषय हो ।
हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर भने हर्षल पटेल हुन् । उनले आठ खेलमा कुल १३ विकेट लिएका छन् । हैदराबदले बलिङतर्फ निकै आशाा गरेको प्याट कमिन्स र मोहम्मद सामीले भने सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् ।
ब्याट्सम्यानका लागि उपयुक्त पिच

गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच शुक्रबारको खेल हुने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ३९ खेल खेलिएको छ । त्यसमध्ये १८ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । २१ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४३ रन हो । यो स्कोर जारी सिजनकै आईपीएलमा पञ्जाब किङ्सले गुजरातविरुद्ध बनाएको थियो ।
छैन वर्षाको सम्भावना
सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच खेल हुने दिन शुक्रबार अहमादाबादको मौसम सफा रहने छ । अहमादाबादमा शुक्रबार वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर चर्को गर्मी हुनेछ । तापक्रम २६ देखि ४४ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
सम्भावित टोली
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सुदर्शन, जस बटलर (विकेटकिपर), वाशिङ्टन सुन्दर, शाहरुख खान, राहुल तेवतिया, करिम जनत, राशिद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र ईशान्त शर्मा ।
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत वर्मा, कामिन्दु मेन्डिस, हर्षल पटेल, जयदेव उनादकट, जिशन अन्सारी र मोहम्मद शामी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर मनसुन फैलिँदै : धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण