शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने

बिहीबार, १८ वैशाख २०८२, २२ : ४१
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबै (आस्थाका बन्दी) नेताहरुको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले जावलाखेलमा रिले अनशन बस्ने भएको छ । सो संगठनले बिहीबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । 

उक्त संगठनले शुक्रबार बिहान १० बजे जावलाखेलको ललित मण्डपमा हुने रिले अनशनमा उपस्थित भई एक्यवद्धता जनाइदिन समेत सबैलाई आग्रह गरेको छ ।  मिश्र लगायतका नेताहरु चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप