राष्ट्रपतिद्धारा नीति तथा कार्यक्रम सार्वजनिक
नीति तथा कार्यक्रम : शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ?
शुक्रबार, १९ वैशाख २०८२, १७ : ३२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा शहरी विकासका विभिन्न विषय समेटिएका छन् ।
उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौँ उपत्यकालाई सफा शहरका रूपमा विकास गर्ने, शहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहको सरकारको समन्वय राम्रो बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएको थिया । ती विषय नीति तथा कार्यक्रममा समावेश भएका छन् ।
नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका यी विषय
- काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारको काम गरिने ।
- आपतकालिन आवास तथा आवासविहिन परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिने ।
- कमजोर र अव्यवस्थित शहरि क्षेत्रको एकीकृत विकास गरिने
- भृकुटीमण्डपलाई अन्तरास्ट्रिय स्तरको सभा हल, मनोरञ्जन पार्क का रूपमा विकास गर्ने ।
- शहरी पूर्वाधारका लागि थप पूँजी परिचालन गर्न नगर विकास कोषलाई पुनर्संरचना गर्दै यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तिय संस्थाहरूकोबिचमा वितरण गरिनेछ ।
- आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने
- संघ प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहको सडक सञ्जालसँग जोडी अन्तर आवद्धता कायम गर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण