शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय
संसद् बैठक

राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै

शुक्रबार, १९ वैशाख २०८२, १७ : ०७
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद भवनमा आएर पेस गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन दोस्रो बैठक बस्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकलाई गरेको सम्बोधन प्रस्तुत गर्ने कार्यसूची राखिएको छ । 

त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेलको सम्बोधनका लागि धन्यावाद ज्ञापन गर्ने प्रस्तापव पेस गर्नेछन् ।   बैठक ५ बजे बस्ने संघीय संसद सचिवालयले सूचना जारी गरे पनि समाचार तयार पार्दासम्म सुरु भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप