शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

गीतकार धन बस्नेतले ल्याए ‘निश्वास’

शुक्रबार, १९ वैशाख २०८२, १२ : ०३
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । गीतकार धन बस्नेतको गीति सङ्ग्रह ‘निश्वास’ सार्वजनिक गरिएको छ । ‘तिमिपनि पराई बने’, ‘उन्दै छु म एउटा माला’ र ‘बोल्न मन लाग्छ तर’ बोलका तीनवटा गीतहरू समावेश एल्बममा हरि लम्सालले एकल संगीत दिएका छन् । 

गीतहरूमा रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, प्रमोद खरेलको स्वर छ । एल्बम भित्र समावेश दुईवटा गीतहरू ‘उन्दै छु म एउटा माला’ र ‘बोल्न मन लाग्छ तर’को भिडियो पनि बनेको छ । गायक स्वरूपराज आचार्यको  ‘उन्दै छु म एउटा माला’ गीतको भिडियोमा प्रिज्मा खतिवडा र सागर खनालको अभिनय छ । जसलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

रामकृष्ण ढकालको स्वर रहेको गीत ‘बोल्न मन लाग्छ तर’को भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय छ । भिडियो लक्ष्मी र जीवनले निर्देशन गरेका हुन् ।

‘तिमिपनि पराई बने’ गीतमा भने गायक प्रमोद खरेलले स्वर दिएका छन् । जसको भिडियो बन्न बाँकी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप