प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
शनिबार, २० वैशाख २०८२, ०४ : ५७
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यान्सिटीले उल्भ्सलाई १-० ले हरायो । सिटीलाई जिताउन केभिन डे ब्रायनले निर्णायक गोल गरे ।
यो जितसँगै सिटी लिगको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । न्यूक्यासल युनाइटेडलाई पछि पार्दैै पेप ग्वार्डिवलाको सिटी तेस्रो स्थानमा उक्लिएको हो । लिगमा ३५ औं चरणका खेल सुरु हुँदा लिभरपुलले उपाधि कब्जा गरिसकेको छ । अब उपविजेताको दौड चलिरहेको छ ।
दोस्रो स्थानमा रहेको आर्सनलको ६७ अंक छ भने तेस्रो स्थानको म्यान्सिटीको ६४ अंक छ । यस्तै, चौथो स्थानमा रहेको न्यूक्यासल युनाइटेडको ६२ अंक छ । चार खेल अगावै उपाधि जितेको लिभरपुल ८२ अंककासाथ शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण