ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
शनिबार, २० वैशाख २०८२, ०५ : १३
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोले गेटाफेलाई हराएको छ । भायकानोले घरेलु मैदानमा गेटाफेलाई १-० ले हराएको हो । उसका लागि फ्लोरियन लेज्यूनले सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
पूरै खेल समयभर गेटाफेले गोल गर्न सकेन, उल्टै ८० औं मिनेटमा जेनेले रातो कार्ड खाएपछि १० जनामा सिमित भयो । लिगमा ३४ औं चरणका खेल सुरु हुँदा भायकानो ४४ अंकका साथ नवौं स्थानमा छ भने गेटाफे ३९ अंकका साथ १२ औं स्थानमा छ ।
३३ खेलबाट ७६ अंक जोडेको बार्सिलोना उपाधि नजिक पुगेको छ । दोस्रो स्थानको रियाल मड्रिडको समान खेलबाट ७२ अंक छ । भने तेस्रो स्थानको एटलेटिको मड्रिडको ६६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण