आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक

काठमाडौँ । नीजि मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई कलेज प्रवेशमा रोक लगाएका छन् । आफुहरू विरुद्धमा आन्दोलन गरेको भन्दै नीजि मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूलाई प्रवेशमै रोक लगाएका हुन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डाक्टर शेषराज घिमिरेले अहिले नीजि मेडिकल कलेजहरूले प्रवेश नै नदिएको बताए ।
त्यसरी आवासीय चिकित्सकहरूलाई प्रवेशमा रोक लगाउनेहरूमा काठमाडौं मेडिकल कलेज ९केएमसी०, नोबेल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज लगायतले प्रवेशमा रोक लगाएका हुन् ।
आन्दोलनपछि कलेज गएका उनीहरूलाई पैसा पनि नदिने, पढ्न पनि नआउन भन्दै प्रवेश नदिएको उनको भनाइ छ ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नीजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई आठौं तहको सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
सोही अनुसार नीजि मेडिकल कलेजहरूलाई निर्देशन दिएको थियो । तर, उक्त निर्देशन मान्न अटेरी गरेपछि आयोगको १७ औं बैठकले नीजिको छाडेर सरकारीको मात्रै सीट निर्धारण गरेको थियो । आयोगको उक्त निर्णयपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनमा उत्रिएपछि नीजि मेडिकल कलेजहरूले प्रवेशमा नै रोक लगाएका हुन् । यसअघि नीजि मेडिकल कलेज सञ्चालकहरूको संस्थाले उक्त रकम दिने प्रतिबद्धता जाहेर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा