विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो
बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका नेता विवेक कुँवरले विद्यार्थी भर्नाका नाममा रकम लिएर परीक्षा फारम नभरी अनियमितता गरेको भनिएको प्रकरणमा नेविसंघ र अखिल क्रान्तिकारी नेताहरूको पनि मुछिएको छ ।
कुँवरले नेविसंघका राजेश कुँवर र अखिल कान्तिकारीका वयलसन थापा सहितको टोलीले पनि भर्नाका वेला आर्थिक विषयमा काम गरेको दाबी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा समेत वयसलन थापाले नाम उल्लेख गरेर आर्थिक काम गरेको उल्लेख गरेका छन् । विवेकले रातोपाटीसँग भने, 'म एक्लैले गरेको होइन । अन्य साथीहरूले पनि रकम लिएका हुन् । अब हामीले नै मिलाउने छौँ ।'
कुँवरले विद्यार्थीबाट रकम लिएर परीक्षा फाराम नभरेको भेटिएपछि क्याम्पसले वैशाख १९ गते निकालेको सूचनामा निलम्बन गरी प्रवेशमा रोकसमेत लगाएको जनाएको छ । उनलाई अनेरास्ववियुले समेत कारबाही गरेको छ ।
यसमा पीडित विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय बुटवलका रकम फिर्ता गर्न सहजीकरण का लागि निवेदन समेत दिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी इन्द्र बहादुर रानाले कुँवरले विद्यार्थीहरूको प्रथम वर्षमा भर्नाका लागि पैसाका साथै अन्य कागजपत्र लगेको र फिर्ता नगरेको पाइएको बताए । यता कुवरसँग मुछिएका नेविसंघका नेता राजेश कुँवरले आफू गुल्मी रहेको बताउँदै भर्नाका बेला कुनै पनि रकम नदिएको दाबी गरे ।
विवेकले अनेरास्ववियुको दबाबमा नेविसंघ र अखिल कान्तिकारीलाई समेत बदनाम गर्नका लागि सामाजिक सञ्जालमा लेख्ने काम भएको जिकिर गरे । उनले कतै पैसा लिएको भेटिएका जे कारबाही भोग्न पनि तयार रहेको बताए । विवेकले जोडेका अखिल कान्तिकारीका थापा भने हाल विदेश रहेको कुँवरले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण