विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो
_7iUCc8aKVS.jpg)
बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका नेता विवेक कुँवरले विद्यार्थी भर्नाका नाममा रकम लिएर परीक्षा फारम नभरी अनियमितता गरेको भनिएको प्रकरणमा नेविसंघ र अखिल क्रान्तिकारी नेताहरूको पनि मुछिएको छ ।
कुँवरले नेविसंघका राजेश कुँवर र अखिल कान्तिकारीका वयलसन थापा सहितको टोलीले पनि भर्नाका वेला आर्थिक विषयमा काम गरेको दाबी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा समेत वयसलन थापाले नाम उल्लेख गरेर आर्थिक काम गरेको उल्लेख गरेका छन् । विवेकले रातोपाटीसँग भने, 'म एक्लैले गरेको होइन । अन्य साथीहरूले पनि रकम लिएका हुन् । अब हामीले नै मिलाउने छौँ ।'
कुँवरले विद्यार्थीबाट रकम लिएर परीक्षा फाराम नभरेको भेटिएपछि क्याम्पसले वैशाख १९ गते निकालेको सूचनामा निलम्बन गरी प्रवेशमा रोकसमेत लगाएको जनाएको छ । उनलाई अनेरास्ववियुले समेत कारबाही गरेको छ ।
यसमा पीडित विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय बुटवलका रकम फिर्ता गर्न सहजीकरण का लागि निवेदन समेत दिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी इन्द्र बहादुर रानाले कुँवरले विद्यार्थीहरूको प्रथम वर्षमा भर्नाका लागि पैसाका साथै अन्य कागजपत्र लगेको र फिर्ता नगरेको पाइएको बताए । यता कुवरसँग मुछिएका नेविसंघका नेता राजेश कुँवरले आफू गुल्मी रहेको बताउँदै भर्नाका बेला कुनै पनि रकम नदिएको दाबी गरे ।
विवेकले अनेरास्ववियुको दबाबमा नेविसंघ र अखिल कान्तिकारीलाई समेत बदनाम गर्नका लागि सामाजिक सञ्जालमा लेख्ने काम भएको जिकिर गरे । उनले कतै पैसा लिएको भेटिएका जे कारबाही भोग्न पनि तयार रहेको बताए । विवेकले जोडेका अखिल कान्तिकारीका थापा भने हाल विदेश रहेको कुँवरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार