बिचौलिया र भ्रष्टाचारीहरू अहिले मस्त निदाइरहेका छन् : सांसद शाही
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभई बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको व्यवहारतः पुष्टि भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरू अहिले खुसीको साथ निदाइरहेको बताएका हुन् । सांसद शाहीले सरकार जनताको हित हुने नभई बिचौलियाको हित हुने नीति निर्माण लागेको समेत आरोप लगाए ।
उनले भने, ‘हामीले भनेका थियौँ,यो सरकार जनताको लागि बनेको सरकार होइन । यो सरकार गलत नियतका साथ बनेको सरकार चाहिँ हो । सरकार बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको सरकार चाहिँ हो । सरकारले उनीहरूकै हित गर्छ । आज यो कुरा व्यवहारतः पुष्टि भएको छ सभामुख महोदय । हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरू आज खुसीका साथ निदाइरहेका छन् ।’
सरकार सञ्चालकहरू नै देशलाई सङ्कटको भूमरीतिर लैजाने कुचेष्टा गरिरहेको समेत सांसद शाहीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण