सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

बिचौलिया र भ्रष्टाचारीहरू अहिले मस्त निदाइरहेका छन् : सांसद शाही

सोमबार, २२ वैशाख २०८२, १३ : २८
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभई बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको व्यवहारतः पुष्टि भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरू अहिले खुसीको साथ निदाइरहेको बताएका हुन् । सांसद शाहीले सरकार जनताको हित हुने नभई बिचौलियाको हित हुने नीति निर्माण लागेको समेत आरोप लगाए । 

उनले भने, ‘हामीले भनेका थियौँ,यो सरकार जनताको लागि बनेको सरकार होइन । यो सरकार गलत नियतका साथ बनेको सरकार चाहिँ हो । सरकार बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको सरकार चाहिँ हो । सरकारले उनीहरूकै हित गर्छ । आज यो कुरा व्यवहारतः पुष्टि भएको छ सभामुख महोदय । हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरू आज खुसीका साथ निदाइरहेका छन् ।’

सरकार सञ्चालकहरू नै देशलाई सङ्कटको भूमरीतिर लैजाने कुचेष्टा गरिरहेको समेत सांसद शाहीको आरोप छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप