मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते

सोमबार, २२ वैशाख २०८२, १० : ५०
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । ललितपुरमा चालकले मापसे गरेर चलाएको कार बिजुलीको पोलमा ठोक्किएको छ । गएराति ११ बजेतिर ललितपुर महानगरपालिका–१५ हात्तीवनमा बा.१५ च ७६५२ नम्बरको फोर्ड कार दुर्घटना भएको प्रहरीले जनाएको छ । 

कार आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका छन् । कार चालक गोदावरी नगरपालिका–३ टौखेल बस्ने ३२ वर्षीय रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । 

उनले मापसे गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

दुर्घटनामा म्याग्दी घर भएर गोदावरी बस्ने ४० वर्षीय अमर ध्वज पौडेल, टौखेल बस्ने २२ वर्षीय विशाल बिक र २९ वर्षीय सौगात लामिछाने घाइते भएका छन् । उनीहरूको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप