मिडिया हाउसहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेमा जोड
काठमाडौँ । नेपाल पत्रकार महासंघको प्रादेशिक संरचना स्थापना भएको आज सातौँ वर्ष पूरा भएको छ । यस अवसरमा प्रदेश समितिहरूले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाउँदै छन् ।
२०७५ वैशाख २२ गते आजैका दिन महासंघका १० वटै प्रदेश समितिको निर्वाचनमार्फत पहिलो कार्यसमिति चयन भएको थियो । सोही दिनलाई प्रदेश समितिहरूले आफ्नो स्थापना दिवसको रूपमा मनाउँदै आएका छन् ।
स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपत्यका प्रदेश समितिले सबै मिडिया हाउसलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अपिल गरेको छ । ‘श्रमजीजी पत्रकारहरूले नियमित सेवा सुविधा पाउन मात्र हैन सञ्चारकर्म गर्दागर्दै ज्यान गुमाउनु पर्दा वा घाइते भई अङ्गभङ्ग हुँदा समेत तलब, बिमा लगायतका सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । स्थापना दिवसको यस अवसरमा सबै सञ्चार प्रतिष्ठानलाई नियमित सेवा सुविधा उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा आबद्ध भई श्रमजीवी पत्रकारहरूको दीर्घकालीन सुरक्षाको प्रबन्धका लागि अघि बढ्न विशेष अनुरोध गर्दछु,’ अध्यक्ष टेनिस रोकाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
उपत्यका प्रदेशले प्रदेश समितिलाई सबल र सक्षम बनाउँदै लैजान जोड दिएको छ । यस्तै, नियमित तलब सुविधा उपलब्ध गराउन, लोककल्याणकारी विज्ञापन वृद्धि गर्न र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गरेको छ ।
प्रदेशले प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्न र प्रेसमैत्री कानुन बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैगरी कोशी प्रदेश समितिले पत्रकारहरूका लागि पेसागत सुरक्षाका सवाल, न्यूनतम पारिश्रमिक, बीमा सुविधा, तालिम र दक्षता अभिवृद्धिका कार्यक्रमहरू थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । ‘प्रविधिमैत्री पत्रकारिताका लागि राज्यले पनि आवश्यक वातावरण र अवसर निर्माण गर्नुपर्छ । यो स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गर्दछु,’ अध्यक्ष भरतबहादुर खड्काले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण