दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु
महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले एक साता अघिदेखि रुख कटानको काम सुरु गरिएको जानकारी दिए ।
‘एक हप्ता अघिदेखि रुख कटानको काम सुरु भएको हो अहिलेसम्म पाँच सय रुख कटान भइसकेका छन् ।’ उनले भने– ‘बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ ।’
उनका अनुसार रुख कटानका लागि ४१ लाखमा ठेक्का सम्झौता भएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार दुबै तर्फबाट काम भइरहेको छ ।
भारतीय पक्षले बन्दरगाह निमार्णका लागि रु दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा बोलपत्र आह्वान गरिसकेको छ । सुख्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्णको काम सुरु हुनेछ ।
बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ ।
भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको अठार वर्षपछि सुख्खा बन्दरगाह निमार्णको कामले गति लिएको हो ।
सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण