चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा लगाइएको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) हटाउने बताएका छन् । अमेरिका र चीन दुवैले सम्भावित व्यापार वार्ताबारे आफ्नो अडान केही लचिलो बनाइरहेको समयमा ट्रम्पको यो अभिव्यक्ति आएको हो । ‘कुनै बिन्दुमा म चीनमाथि लगाइएको ट्यारिफ घटाउनेछु । नत्र उ उनीहरूसँग व्यापार नै गर्न सकिन्न’ एनबीसीसँगको एक अन्तरवार्तामा ट्रम्पले भने ।
चिनियाँहरूले व्यापार गर्न मरिहत्ते गरिरहेको अनि उनीहरूको अर्थतन्त्र पनि धराशय हुँदै गइरहेको पनि उनले बताए । हप्तौँसम्म जस्तालाई त्यस्तै गर्ने नीतिपछि अमेरिका र चीनले एक अर्काको देशबाट आफ्नो देशमा आउने सामानमा ट्यारिफ बढाएर क्रमशः १४५ प्रतिशत र १२५ प्रतिशत पुर्याएका छन् ।
गएको दुई हप्तामा दुबै पक्ष आ–आफ्नो अडानमा केही लचिलो बनेका छन् । आइतबार प्रसारित अन्तरवार्तामा ट्यारिफले चीनको अर्थतन्त्र चौपट पारेको कुरा ट्रम्पले स्वीकार गरेका थिए । चीनमा कारखाना बन्द भइरहेको अनि बेरोजगारीले आकाश छोएको भए पनि आफूले व्यापार वार्ताका लागि पहिलो कदम नचाल्ने पनि उनले स्पष्ट पारे ।
‘उनीहरूलाई वार्ताको टेबुलमा ल्याउन चीनविरुद्धको ट्यारिफ त घटाउनुहुन्न ?’ मिट द प्रेस विथ क्रिष्टन वेल्कर कार्यक्रममा कार्यक्रम प्रस्तोता वेल्करले ट्रम्पलाई सोधेका थिए ।
यसको जवाफमा उनले ‘म किन त्यस्तो गर्छु ?’ भन्ने जवाफ दिएका थिए । अमेरिकाले दिएको व्यापार वार्ताको प्रस्तावको मूल्याङ्कन चीनले गरिरहेको तर सबैभन्दा पहिला ट्रम्पले मनपरी ढङ्गले एकतर्फी रूपमा लगाएको ट्यारिफ हटाउनुपर्ने शुक्रबार चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण