आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
अदालत

रवि लामिछानेको तर्फबाट सर्वोच्चमा निवेदन सच्याउन अर्को निवेदन

आइतबार, २१ वैशाख २०८२, १२ : ०९
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट निवेदन सच्याउन सर्वोच्च अदालतमा अर्को निवेदन दिइएको छ । गएको वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

रविको तर्फबाट दायर उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयलाई विपक्षी बनाइएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

तर सचिवालयले म्याद बुझ्न नमानेपछि वैशाख १७ गते लामिछानेको तर्फबाट सचिवालयलाई सच्चाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाउन निवेदन दिइएको लामिछानेका कानुन व्यवसायी डा. नारायण कँडेलले बताए ।

उक्त निवेदनमाथि आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप