रास्वपा महाधिवेशन : चितवनका तीन सांसद पदाधिकारीमा निर्वाचित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्।
चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र नं. ३ की सांसद सोविता गौतम उपसभापति र क्षेत्र नं. १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित उपसभापति डा. स्वर्णीम वाग्लेको घर पनि पूर्वी चितवनमा पर्छ। रत्ननगर नगरपालिका–१४, पिठुवास्थित घरमा उनका बुबाआमा बस्दै आएका छन्।
त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यसअघिका केन्द्रीय सदस्य राजन गौतमको नाम पनि केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा कार्यव्यस्त रहेकाले उनले उम्मेदवारी दिएनन्।
पौडेलले समग्र केन्द्रीय समितिमा चितवनका धेरै नेताको प्रतिनिधित्व भएको बताए। तीनवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पार्टी पदाधिकारी बन्नु जिल्लाका लागि गर्वको विषय भएको उनको भनाइ छ। उनले मनोनित हुने ५१ सदस्यभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको बताए।
हालै भरतपुरमा सम्पन्न महाधिवेशनमा देशभरबाट झन्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुक सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
-
रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
-
नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण