४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
सारांश
- सङ्घीय संसद्ले विभिन्न ४३ देशसँग संसदीय सम्बन्ध सुदृढ गर्न संसदीय मैत्री समूह गठन गरेको छ।
- प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई विभिन्न ४३ देशका लागि संयोजक तथा सदस्यको जिम्मेवारी तोकिएको छ।
- मैत्री समूहमार्फत संसदीय कूटनीति, अनुभव आदान–प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार तथा सहयोग अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौँ। सङ्घीय संसद्ले विभिन्न मुलुकसँगको संसदीय सम्बन्धलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यले नेपाल–विदेश संसदीय मैत्री समूह गठन गरेको छ।
मैत्री समूहअन्तर्गत विभिन्न ४३ देशका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई संयोजक तथा सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।
सूचीअनुसार नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा प्रतिनिधि सभाकी सांसद बासना थापा ताेकिएकी छन्।
त्यस्तै नेपाल–अस्ट्रिया समूहको संयोजकमा राष्ट्रिय सभाकी सांसद उर्मिला अर्याल, नेपाल–अजरबैजान समूहको संयोजकमा डा. अर्जुनकुमार कार्की, नेपाल–बहराइन समूहको संयोजकमा तपेश्वर यादव तथा नेपाल–बङ्गलादेश समूहको संयोजकमा गीता गुरुङ संयोजक तोकिएकी छिन् ।
संसदीय मैत्री समूहमार्फत नेपाल र सम्बन्धित देशबिच संसदीय कूटनीति, अनुभव आदान–प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार तथा सहयोग अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण