आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

ब्राजिलका राष्ट्रपतिले नेयमारलाई ‘वर्क फ्रम होम’ खेलाडी भनेपछि...

आइतबार, ०७ असार २०८३, १६ : १४
आइतबार, ०७ असार २०८३

रियो द जेनरियो । ब्राजिलका स्टार खेलाडी नेमार चोटका कारण विश्वकपमा खेल्न सकिरहेका छनैन् ।

ब्राजिलका फ्यानहरू नेमार कहिले मैदानमा उत्रिएलान् र आफ्नो जादु देखाउलान भनेर कुरिरहेका छन् । यसैबिच ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले नेयमारमाथि व्यंग्य गरेका छन् । उनले नेयमारलाई ब्राजिल राष्ट्रिय टोलीको पहिलो ‘वर्क फ्रम होम’ खेलाडी भनेका छन् ।

स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचारसम्बन्धी लगानी घोषणा गर्न बेलो होरिजोन्ते सहरमा आयोजित कार्यक्रममा लुलाले एक बालकलाई ब्राजिलको राष्ट्रिय टोलीको सबैभन्दा उत्कृष्ट खेलाडी को हो भनेर सोधे । एक जना बालकले नेयमारका नाम लिएपछि लुलाले हाँस्दै भने, ‘नेयमार त खेलिरहेका नै छैनन् । नेयमार राष्ट्रिय टोलीका विश्वकै पहिलो ‘वर्क फ्रम होम’ खेलाडी हुन् ।’

पछिल्लो एक महिनादेखि पिँडुलाको चोटका कारण नेयमार आराम गरिरहेका छन् । यस पटकको विश्वकपमा कुनै खेल खेल्न सकेका छैनन् । समूह चरणको ब्राजिलको पहिलो खेल उनले गुमाए । यो खेलमा ब्राजिलले बराबरी खेलेको थियो । हाइटी विरुद्धको खेल पनि उनले खेल्न सकेनन् । ब्राजिलले हाइटीलाई ३–० को फराकिलो अन्तरले हराएको थियो ।

हाइटीविरुद्धको खेलका लागि टोली फिलाडेल्फिया जाँदा नेयमार भने न्यु जर्सीस्थित ब्राजिलको प्रशिक्षण केन्द्रमै बसेर व्यक्तिगत प्रशिक्षण गरिरहेका थिए । उनले शारीरिक अभ्यास र बल नियन्त्रणसम्बन्धी प्रशिक्षण जारी राखेका छन् । चोटग्रस्त अर्का खेलाडी एलेक्स सान्द्रो पनि उनीसँगै अभ्यासमा सहभागी भएका थिए । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी स्कटल्यान्डविरुद्ध समूह चरणको अन्तिम खेलका लागि टोलीमा पुनः समावेश गरिने बताएका छन् । यद्यपि उनी खेल्न सक्ने वा नसक्ने विषय अझै निश्चित छैन ।

नेयमार हाल न्यु जर्सीमा दिनमा दुई पटक प्रशिक्षण गर्दै शीघ्र फिट हुने प्रयासमा छन् । प्रशिक्षक आन्सेलोटीले सोमबार र मंगलबारको अभ्यासपछि उनको अवस्थाको मूल्याङ्कन गरेर अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ । नेयमार पूर्वब्राजिलियन राष्ट्रपति जाइर बोल्सोनारोको खुला समर्थक मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप