सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट

आइतबार, २१ वैशाख २०८२, १२ : ५४
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । इन्टरनेसनल सिंगर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’मा नेपाली गीतकार लोकराज अधिकारी पनि छनौट भएका छन् । 

सातौँ संस्करणको यो अवार्डमा उनी दुई विधाको टप २० मा छनौट भएका हुन् । अधिकारीका ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका हुन् ।

अन्तर्राष्ट्रिय २१ विधाअन्तर्गत गीतकार अधिकारी पुरुष तर्फ  ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेका थिए । ‘इलेकट्रोनिक भोटिङ’  मार्फत उनी टप २० मा परेका हुन ।

आगामी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा हुने फाइनलका लागि गीतकार अधिकारीलाई आयोजकले ‘रेड कार्पेट’ निम्तो पठाएको छ । 

गीतकार अधिकारीका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छटपटीमा’ लगायतका गीत नेपालमा लोकप्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप