किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
सोमबार, २२ वैशाख २०८२, ११ : २१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको लगातार मृत्यु हुनुको सत्य तथ्य खोजी गर्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले भने– ‘प्रकृति लम्सालको मृत्युको घाउ नसुक्दै अर्का प्रिसा शाहको दुःखद निधन भएको छ । १२ सय नेपाली अध्ययनरत उक्त विद्यालयमा भएको घटनामा अनुसन्धान भइरहेको भनेर मात्र पुग्दैन । सत्य तथ्यको खोजी गर्नुपर्छ ।’
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले किटमा भएको घटनाबारे सरकार मौन रहेको भन्दै परराष्ट्र मन्त्रालय र मन्त्री विदेश घुम्न मात्र हो ? भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैन ः प्रचण्ड
-
केबल चोरी हुँदा स्पेनमा हाई–स्पिड रेल सेवा प्रभावित
-
नवाजुद्दीन सिद्धिकीले किन भने बलिउडलाई चोर ?
-
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
-
चलचित्र विकास बोर्डको एकसाथ ४ कार्यक्रम सञ्चालन