किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
सोमबार, २२ वैशाख २०८२, ११ : २१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको लगातार मृत्यु हुनुको सत्य तथ्य खोजी गर्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले भने– ‘प्रकृति लम्सालको मृत्युको घाउ नसुक्दै अर्का प्रिसा शाहको दुःखद निधन भएको छ । १२ सय नेपाली अध्ययनरत उक्त विद्यालयमा भएको घटनामा अनुसन्धान भइरहेको भनेर मात्र पुग्दैन । सत्य तथ्यको खोजी गर्नुपर्छ ।’
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले किटमा भएको घटनाबारे सरकार मौन रहेको भन्दै परराष्ट्र मन्त्रालय र मन्त्री विदेश घुम्न मात्र हो ? भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण