बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय
संसद् बैठक

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी

सोमबार, २२ वैशाख २०८२, ११ : २८
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने बताएका हुन् ।

‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’

त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप