संसद् बैठक
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
सोमबार, २२ वैशाख २०८२, ११ : २८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने बताएका हुन् ।
‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण