दलहरू आफैँ नसच्चिए प्रतिगमनको खतरा छ : लक्ष्मण पन्त
काठमाडौँ । नेपाली समाज भारतका दक्षिण एसिया प्रमुख लक्ष्मण पन्तले लामो समय सत्तामा रहेका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादीले जनआकाङ्क्षालाई सम्बोधन नगरे पुनरुत्थानवादी शक्तिहरू वा अन्य कुनै निरङ्कुश शक्तिले विस्थापित गर्ने खतरा रहेको बताएका छन् ।
आइतबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न’ विषयक बिचार गोष्ठीमा बोल्दै पन्तले नेपालमा राजतन्त्रको अन्त भएर गणतन्त्र आएता पनि राजनैतिक दलहरू आफैँ लोकतान्त्रिक बन्न नसकेको आरोप लगाए । उनले दलहरूभित्र फरक मतलाई किनारा लगाउने प्रवृत्ति हाबी रहेको र लोकतन्त्रको आवरणमा दलहरूभित्र नयाँ प्रकारको सामन्तवाद मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
‘कांग्रेस, एमाले र माओवादी जस्ता लामो समयदेखि सरकारमा रहेका दलहरूले देशवासीहरूका आकाङ्क्षाहरूलाई सम्बोधन गर्न नसक्ने हो भने पुनरुत्थानवादी शक्तिहरू वा अन्य कुनै तेस्रो निरङ्कुश शक्तिले उनीहरूलाई विस्थापित गर्न सक्ने खतरा छ’, उनले भने, ‘गणतन्त्रमा जनताले राजनैतिक स्वतन्त्रता प्राप्त गरे पनि आर्थिक रूपमा मुलुक जर्जर बन्दै गएको, भ्रष्टाचार मौलाएको राष्ट्रियता झनै खण्डित र कमजोर भएको बताउँदै पन्तले अब दलहरूको सामु सच्चिने वा सक्किने बाहेक अन्य विकल्प छैन ।’
साथै उनले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र वा समाजवादी गणतन्त्र मात्र हुने स्पष्ट पारे । नेकपा मसाल निकट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न विचार गोष्ठीमा सोही पार्टीका नेता भैरवराज रेग्मीले मुलुकमा प्रतिगमनको खतरा रहेको र त्यसलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरू एकजुट भएर सङ्घर्ष अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा मूल प्रवाहका अध्यक्ष ठाकुर खनालले कार्यपत्र प्रस्तुत गरेका थिए। बिचार गोष्ठीका अन्य वक्ताहरूमा सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया, सीपीआई एमएल का प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । भारतीय वक्ताहरूले नेपाली जनता गणतन्तको रक्षाका लागि फेरि एकजुट भएर सङ्घर्ष गर्नु पर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण