आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी

आइतबार, २१ वैशाख २०८२, १५ : ३१
आइतबार, २१ वैशाख २०८२

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । 

बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएपछि इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेको हो । 

क्याम्पसले वैशाख १९ गते निकालेको एक सूचनामा विभिन्न विद्यार्थीहरूसँग कुँवरले कागजपत्र तथा रकम लिएका तर फारम नभरिएको उल्लेख छ । उनलाई क्याम्पसले निलम्बनसमेत गरी प्रवेशमा रोकसमेत लगाएको जनाएको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र बहादुर रानाका अनुसार कुँवरले  विद्यार्थीहरूको प्रथम वर्षमा भर्नाका लागि पैसा अन्य कागजपत्र लगेको र फिर्ता नगरेको पाइएको छ । 

बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीले भने, ‘बीए चौथो वर्षका ९–१० जना विद्यार्थीलाई उसले (विवेक) यस्तो गरेको रहेछ, अन्य कतिलाई गर्‍यो होला ।’ 

उनका अनुसार चौथो वर्षमा अध्ययनरत ती ९–१० जना विद्यार्थी सम्पर्कमा आएपछि यसबारे थाहा भएको हो । 

तर कुँवरले भने आफूले धेरै फारम लिएको र भर्ने वेलामा केही छुटेको हुन सक्ने बताए । तर त्यसलाई मिलाउने उनले रातोपाटीसँग बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप