बुण्डेस लिगामा दोस्रो स्थानको लिभरकुजेनलाई घाटा
सोमबार, २२ वैशाख २०८२, ०६ : ३३
काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर लिभरकुजेनलाई घाटा लागेको छ । दोस्रो स्थानमा रहेको लिभरकुजेनलाई फ्रिबर्गले २-२ को बराबरीमा रोकेर अंक खोसेपछि घाटा लागेको हो ।
यो खेल जित्दा बायरले शीर्ष स्थानको बायर्न म्युनिखसँग अंक दुरी घटाउने थियो । शीर्ष स्थानको बायर्नको ३२ खेलबाट ७६ अंक छ भने लिभरकुजेनको ६८ अंक छ ।
यस्तै, अन्य खेलमा होल्स्टिन किलले आग्सबर्गलाई ३-१ ले हराउँदा मेन्ज र आइन्ट्राच्ट फ्यान्कफर्टले १-१ को बराबरी खेल्दै अंक बाँडे । तेस्रो स्थानको फ्यान्कफर्टले समेत अंकदुरी घटाउने अवसर गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण