नवउदारवाद मर्दैछ, प्रविधि सामन्तवाद जन्मदैछ

पाँच दशकदेखि विश्वमा नवउदारवाद हाबी छ । उदारवादलाई नयाँ संस्करणको विचार भनिए पनि हाबी हुन सुरु हुँदाको बखतबाटै यो विल्कुल नयाँ भने थिएन । न त उदार नै थियो । यसको सिद्धान्तको प्रमुख पक्ष भनेकै यसले आफूलाई शास्त्रीय उदारवादबाट विभिन्न मामलामा अलग गराएको थियो ।
यो विचारधाराले उदार चिन्तकहरूप्रति ठुलो सम्मान व्यक्त त गर्थ्यो तर उनीहरूका केही मुख्य अवधारणा भने स्वीकार गर्दैनथ्यो । यसले बजारबारे उनीहरूको पद्धति तथा अवधारणा भने ग्रहण गरेको थिएन । आज आएर फेरि हामी यस्तै अर्को गहन वैचारिक आविष्कारको सँघारमा आइपुगेका छौँ ।
आडम स्मिथ वा जोन स्टुआर्ट मिलभन्दा पृथक् नवउदारवादीहरूले कुन अवस्थामा व्यक्तिगत नाफाको खोजीलाई सामूहिक समृद्धिमा पुर्याउन अनियन्त्रित खुला बजारमा भर पर्न सकिन्छ भन्ने बताएनन् । सैद्धान्तिक वा तथ्यगत रूपमा यस्तो देखाउनु आफ्नो जिम्मेवारी हो भन्ने पनि ठानेनन् । उनीहरूका लागि ‘अदृश्य हात’ भनेको दैविक तथा कहिल्यै गलत नहुने अवधारणा थियो ।
कहिलेकाहीँ ‘अदृश्य हात’ असफल भएर बजार असफल भइहालेमा पनि त्यसलाई सुधार्नु हुँदैन थियो । त्यसलाई सुधार्ने सामूहिक संस्थाको प्रयास त अझै डरलाग्दो रूपमा असफल हुन्छ भन्ने उनीहरूको धारणा थियो । यो तरिका वाल स्ट्रिटका लागि ठ्याक्कै सुहाउने खालको थियो ।
सन् १९७० को दशकमा पूर्ण रूपमा अनियन्त्रित वित्तीय बजारका दुष्परिणामबारे सैद्धान्तिक रूपमा आँखा चिम्लिने काम भयो । अमेरिका त्यो समय घाटामा चल्न थालिसकेको थियो । त्यही समय सन् १९७१ मा राष्ट्रपति रिचर्ड निक्सनले सबैलाई चकित पार्दै अमेरिकी डलरलाई सुनसँगको अनिवार्य सम्बन्धबाट छुटाइदिए ।
मार्क जुकरबर्ग आफ्नै डिजिटल मुद्रा बनाउन प्रयास गर्ने पहिलो ‘प्रविधि सामन्त’ हुन् । उनले ‘लिब्रा’ नामको डिजिटल मुद्रा बनाउन खोजेका थिए । वाल स्ट्रिटले त्यसलाई असफल बनाइदियो ।
त्यसपछिका प्रत्येक सरकारहरू अमेरिकी वित्तीय तथा व्यापारिक घाटा घटाउनुको सट्टा त्यसलाई छोपेरै भए पनि अमेरिकी वर्चश्व बढाउने बाटोमा लागिरहे । उनीहरूको ध्यान आफ्नो प्रभाव विस्तारमा बढी थियो । अमेरिकी आयात बढ्दै जाने क्रममा व्यापार घाटा पनि त्यसैगरी थपिँदै गयो ।
अमेरिकामा निर्यात गर्ने मुलुकहरूमा डलर जम्मा हुन थाल्यो । यसरी बाहिरिएको डलर अमेरिकी अर्थतन्त्रमै भित्र्याउने जिम्मा वाल स्ट्रिटका बैंकहरूले पाए । यस्तो पैसा अमेरिकी ट्रेजरी बोन्ड, सेयर बजार तथा घरजग्गा कारोबारमा भित्र्याइन्थ्यो । यस्तो भूमिका निर्वाह गर्नलाई बैंकहरूलाई सरकारी नियमनबाट छुटकारा चाहिएको थियो ।
अनियन्त्रित खुला बजारका कारण आएको सन् १९२९ को आर्थिक सङ्कटबाट तर्सिएका आमजनता तथा नीति निर्मातालाई यस्तो कामका लागि फकाउन सजिलो थिएन । सार्वजनिक निगरानी नहुँदा अप्ठेरो हुनसक्ने बारे आममानिस प्रस्ट थिए । यही बेला नवउदारवादी विचार देखा पर्यो । जसले खुला बजार तथा न्यूनतम सरकारी नियमनको गुणगान गाउँथ्यो । यो विचारले आम जनताको धारणा फेर्न तथा बैंकहरूलाई नियमनबाट मुक्त गराउन सहयोग गर्यो ।
अहिले नयाँ रूपको पुँजीको दबदबा हुन थालेको छ । त्यो हो ‘क्लाउड क्यापिटल’ । अर्थात् आपसमा सञ्जालमा जोडिएका अल्गोरिदमवाला मेसिनहरू । यिनीहरू हाम्रो व्यवहार नै हेरफेर गर्न सक्ने तागत राख्छन् । यस्तो पुँजीलाई आफ्नै खालको विचारधारा चाहिएको छ ।
मैले यस्तो नयाँ प्रणालीलाई ‘टेक्नोफ्युडलिजम’ अर्थात् ‘प्रविधि सामन्तवाद’ नाम भनेको छु । यो त्यस्तो उत्पादन तथा वितरण सम्बन्ध हो, जसलाई ‘क्लाउड क्यापिटल’ ले चलाउँछ । यसमा अमेजनजस्ता क्लाउड सामन्तहरूले बजारलाई नै विस्थापित गर्छन् । तथा पुँजीवादी नाफालाई क्लाउड रेन्ट अर्थात् क्लाउडको भाडा वा लगानले विस्थापित गर्छ ।
ठुला प्रविधि कम्पनीहरू परम्परागत वित्तीय प्रणालीभन्दा पृथक् क्लाउडबाट अनियन्त्रित रूपमा वित्तीय प्रणाली चलाउन चाहन्छन् । यस्तो अवस्थामा उनीहरूलाई क्लाउड क्यापिटल र वित्तीय सेवाको समायोजन गराउने अभियानको औचित्य सिद्ध गराउनुपर्ने हुन्छ ।
यस्तो खाले क्लाउड क्यापिटलले पूरा शक्ति हासिल गर्नका लागि यसका मालिकहरू (जेफ बेजोस, पिटर थिल, मार्क जुकरबर्ग तथा एलन मस्क जस्ता मानिस) लाई नयाँ विचारधारा चाहिएको छ । तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले ल्याएको ‘निक्सन सक’ पछि वाल स्ट्रिटका साहुहरूलाई जसरी नवउदारवाद चाहिएको थियो । त्यसरी नै यो नयाँ विचारधाराले क्लाउड क्यापिटलको विस्तारित नियन्त्रणलाई तीन तरिकाले सघाउनु पर्ने भएको छ ।
पहिलो, यस्तो नयाँ विचारधाराले मान्छेले गर्ने काम माथि मेसिनको नियन्त्रणलाई जायज देखाउन सक्नुपर्छ । यसको सुरुवात ‘सेल्फ–ड्राइभिङ कार’, एआई डाक्टर तथा एआई वकिलहरू बारे खुकुला नियम बनाउनेबाट हुन्छ । यी सबैको लक्ष्यचाहिँ मानिसले असाध्यै मजा मानेर गर्ने कामहरू जस्तै कविताको अनुवाद, बच्चाको हेरचाह तथा हुर्काउने काम जस्ता मानिसले ठुलो महत्त्व दिने कामलाई ‘बिग टेक’ कम्पनीहरूको स्वामित्वमा रहेका एआई प्रणालीले विस्थापित गर्नु हुनेछ ।
जति धेरै काम एआईले गर्न थाल्छ, त्यति नै धेरै फाइदा यी प्रविधि सामन्तहरूको हातमा पुग्छ । दोस्रो, नयाँ विचारधाराले सरकारी संस्थाहरूमाथि नियन्त्रण कायम गर्नैपर्ने हुन्छ । खासगरी सरकारी तथा सार्वजनिक डाटालाई बिग टेकको क्लाउड क्यापिटलमा सारेर निजीकरण गर्नुपर्ने हुन्छ । उदाहरणका लागि, एलन मस्कले आफ्नो क्लाउड क्यापिटललाई आन्तरिक राजस्व विभाग लगायत महत्त्वपूर्ण सरकारी निकायहरूमा जोड्नका लागि आफूले जिम्मा पाएको सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी) को प्रयोग गर्छन् । त्यसैगरी पिटर थिलको रक्षाजन्य फर्म पालान्टिर तथा गुगलले आफ्नो प्रणालीलाई पेन्टागनको प्रणालीसँग अभिन्न रूपमा जोड्न खोज्छन् ।
यसो गर्दा उनीहरूको क्लाउड क्यापिटल सैन्य–औद्योगिक गठजोड (मिलिटरी–इन्डष्ट्रियल कम्प्लेक्स) को अनिवार्य हिस्सा बन्न पुग्छ । हो, नयाँ विचारधाराले यही नियन्त्रणलाई औचित्यपूर्ण देखाउनु पर्ने हुन्छ ।
नवउदारवादले मान्छेलाई विशुद्ध आर्थिक प्राणीका रूपमा रहेको मान्छे अर्थात् ‘होमो इकोनोमिकस’ मान्ने गर्थ्यो तर टेक्नोलर्डिजमले भने मान्छे र मेसिन तथा एआईको संयोजन गरेर अर्को निराकार मान्छेको परिकल्पना गर्छ । यही तरिकाबाट टेक्नोलर्डिजमले नवउदारवादलाई नियन्त्रण गरेर कब्जा गर्न खोज्दैछ ।
तेस्रो, यस्तो विचारधाराले वित्तीय क्षेत्रमा बिग टेकको नियन्त्रणको औचित्य पनि सिद्ध गर्नुपर्ने हुन्छ । मार्क जुकरबर्ग आफ्नै डिजिटल मुद्रा बनाउन प्रयास गर्ने पहिलो ‘प्रविधि सामन्त’ हुन् । उनले ‘लिब्रा’ नामको डिजिटल मुद्रा बनाउन खोजेका थिए । वाल स्ट्रिटले त्यसलाई असफल बनाइदियो ।
एलन मस्कले ट्विटर किनेर त्यसलाई ‘एक्स’ बनाएपछि, उनले त्यसलाई सबै काम गर्ने एप अर्थात् ‘एभ्रिथिङ एप’ बनाउने सशक्त प्रयत्न गरेका थिए । यस्तो प्रयत्नले भुक्तानी प्रणालीमा वाल स्ट्रिटको एकाधिकारलाई नै चुनौती दिने सामर्थ्य राख्छ । यस्ता प्रयत्नलाई नै प्रश्रय दिने गरी ट्रम्पले राजनीतिक कदम चालिदिए ।
उनले कार्यकारी आदेशमार्फत अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भलाई अमेरिकी सरकारको आफ्नै ‘क्रिप्टो रिजर्भ’ बनाउन निर्देशन दिए । ठुला प्रविधि कम्पनीहरू (बिग टेक) परम्परागत वित्तीय प्रणाली भन्दा पृथक् क्लाउडबाट अनियन्त्रित रूपमा वित्तीय प्रणाली चलाउन चाहन्छन् । यस्तो अवस्थामा उनीहरूलाई क्लाउड क्यापिटल र वित्तीय सेवाको समायोजन गराउने अभियानको औचित्य सिद्ध गराउनुपर्ने हुन्छ । नयाँ विचारधाराले यही अवस्थामा सघाउनु पर्ने हुन्छ ।
यसका लागि चाहिने नयाँ विचारधारा तयार भइसकेको छ । म यसलाई प्रविधि अधिनायकवाद अर्थात् ‘टेक्नोलर्डिजम’ भन्छु । यो विचारधारा मान्छे र मेसिनको समायोजन गर्नुपर्छ भन्ने विचारकै एक खालको विकसित रूप हो । यसले जैविक तथा कृत्रिक (सिन्थेटिक) वस्तुबिचको रेखा मेटाउने कुरा गर्छ ।
क्लाउड क्यापिटलले धेरैभन्दा धेरै लगान पाउन सक्ने अवस्था सिर्जना हुन्छ । यसले ठुला प्रविधि कम्पनीलाई व्यापक मात्रामा शक्तिशाली बनाउँछ । अहिले ट्रम्पले लगाएका भन्सार दरले अल्पकालमा केही घाटा देखिए पनि दीर्घकालमा हुने लाभले यो सबै कृत्यलाई जायज बनाउँछ ।
यही तरिकाबाट मानिसमा मेसिनको संयोजन मार्फत वास्तविक स्वतन्त्रता तथा अमरता हासिल गर्नुपर्ने तर्क गर्छ । नवउदारवादले शास्त्रीय उदारवादबाट लिएको विचारमा बजार असफल नै नहुने मान्यता थपेर कब्जा गरेको थियो । आजको दिनमा टेक्नोलर्डिजमले पनि हामीले माथि चर्चा गरेका क्लाउड क्यापिटलका तीन–वटा प्रमुख विस्तारित नियन्त्रण हासिल गर्नुछ र, त्यसलाई कायम राख्नु छ ।
नवउदारवादले मान्छेलाई विशुद्ध आर्थिक प्राणीका रूपमा रहेको मान्छे अर्थात् ‘होमो इकोनोमिकस’ मान्ने गर्थ्यो तर, टेक्नोलर्डिजमले भने मान्छे र मेसिन तथा एआईको संयोजन गरेर अर्को निराकार मान्छेको परिकल्पना गर्छ । त्यसलाई ‘ह्युएआइन’ पनि भन्ने गरिएको छ । यही तरिकाबाट टेक्नोलर्डिजमले नवउदारवादलाई नियन्त्रण गरेर कब्जा गर्न खोज्दैछ ।
टेक्नोलर्डिजमले नवउदारवादको भगवान ठानिने बजारको स्वरुप नै फेरिदिन्छ । नयाँ भगवानको रूपमा ‘अल्गोरिदम’ देखा पर्छ । नवउदारवादले व्याख्या गर्ने विकेन्द्रीकृत बजार संयन्त्रले वस्तु तथा सेवाको मूल्यबारे संकेत गर्छ भन्ने जुन मान्यता थियो । टेक्नोलर्डिजमले यसलाई असान्दर्भिक बनाइदिन्छ ।
अब ‘अल्गोरिदम’ ले केन्द्रीकृत संयन्त्र मार्फत क्रेता र विक्रेतालाई मिलाइदिन्छ । हामीले अमेजन डट कमले कसरी काम गर्छ भन्ने हेर्यौँ भने यसबारे थोरै आकलन गर्न सक्छौँ । टेक्नोलर्डिजमको कारण तीव्र रूपमा भइरहेको सामाजिक रुपान्तरणका असरहरू विस्मयकारी छन् ।
क्लाउडको भाडा (लगान) ले अर्थतन्त्रमा समष्टिगत माग घटाउने भएकाले समग्र अर्थतन्त्रमा अस्थिरता हुन्छ । टेक्नोलर्डिजमका अगुवा पिटर थिलले पैरवी गरेजस्तै अब लोकतन्त्र आदर्शका रूपमा पनि बाँकी रहँदैन । तथा व्यक्तिगतस्तरमा प्रयोग गरिएका एआई–चालित संयन्त्रले विश्वविद्यालयहरूको अन्त्य गराइदिन्छ ।
यस्तो परिप्रेक्ष्यमा डोनाल्ड ट्रम्प नेतृत्वमा आएका छन् । प्रविधि सामान्त (टेक्नोफ्युडलिष्ट) हरूका लागि ट्रम्प देवदूतजस्ता भएका छन् । उनीसँग एआईजन्य सेवाहरूलाई नियमनमुक्त बनाउने, कर्पोरेटलाई बलियो बनाउँदै जाने, क्लाउडको भाडालाई करबाट छुट्कारा दिने जस्ता एजेन्डा छन् ।
यसबाट क्लाउड क्यापिटलले धेरै भन्दा धेरै लगान पाउन सक्ने अवस्था सिर्जना हुन्छ । यसले ठुला प्रविधि कम्पनीलाई व्यापक मात्रामा शक्तिशाली बनाउँछ । अहिले ट्रम्पले लगाएका भन्सार दरले अल्पकालमा उनीहरूले केही घाटा व्यहोर्नु परेजस्तो देखिएको छ । तर, नयाँ शासक वर्गका लागि दीर्घकालमा हुने लाभले यो सबै कृत्यलाई जायज बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल