रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ । उच्च अदालत पाटन, हेटौँडाले सभापति लामिछाने माथिको सङ्गठित अपराध तथा ठगी मुद्दाको सोमबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
सभापति लामिछानेले धरौटी बदर मागसहित दायर गरेको रिट माथि सुनुवाइ गर्दै सोमबार उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले निवेदनमा सो आदेश गरेको हो ।
नेपाल सरकारलाई विपक्षी बनाएर लामिछानेले दायर गरेको उक्त रिट उपर न्यायाधीश सेढाइँले उक्त आदेश गरेकी हुन् । न्यायाधीश सेढाइँले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेकी हुन् ।
२०८१ माघ २४ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी माग गरेको थियो । सो आदेश बदरको माग गर्दै लामिछानेले वैशाख २१ मा उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्षधरता वा झस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल
-
भारत र पाकिस्तानबिच बढ्दो तनावले सेयर बजारमा गिरावट
-
भारतको प्रश्न : ‘आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेना के गरिरहेको थियो ?’
-
सरकारी उद्योगको निजीकरण विरुद्ध हेटौँडामा माओवादी केन्द्रको प्रदर्शन
-
लुम्बिनीमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल सार्वजनिक
-
नरसिंहा अवतारको ट्रेलर रिलिज, तस्बिरहरू