रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ । उच्च अदालत पाटन, हेटौँडाले सभापति लामिछाने माथिको सङ्गठित अपराध तथा ठगी मुद्दाको सोमबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
सभापति लामिछानेले धरौटी बदर मागसहित दायर गरेको रिट माथि सुनुवाइ गर्दै सोमबार उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले निवेदनमा सो आदेश गरेको हो ।
नेपाल सरकारलाई विपक्षी बनाएर लामिछानेले दायर गरेको उक्त रिट उपर न्यायाधीश सेढाइँले उक्त आदेश गरेकी हुन् । न्यायाधीश सेढाइँले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेकी हुन् ।
२०८१ माघ २४ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी माग गरेको थियो । सो आदेश बदरको माग गर्दै लामिछानेले वैशाख २१ मा उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण