शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

रवीन्द्र मिश्रमाथि लगाइयो अर्को अभियोग

बिहीबार, २५ वैशाख २०८२, १९ : ३६
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध तीनकुने घटनासँग जोडेर अर्को अभियोग लगाइएको छ ।  पक्राउ परेको ४२ औँ दिनमा उनीविरुद्ध ‘आपराधिक उपद्रव’ को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको हो । 

राप्रपाका महामन्त्री शरदराज पाठकले उनलाई नयाँ अभियोग लगाइएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘रवीन्द्र मिश्रलाई पक्राऊ गरेको आज ४२ औँ दिनमा आएर आपराधिक उपद्रो’को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको  छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘एउटा प्रजातान्त्रिक विचारकलाई लम्बेतान समयसम्म थुन्न र फरक मतलाई पुरै निषेध गर्न राज्य पुरापुर शक्ति लगाएर षड्यन्त्रपूर्वक अघि बढेको छ ।’

उनले यसमा केहीले हर्षित भएर काखी बजाएपनि राज्य सञ्चालकहरूले यस्तो निरङ्कुश अधिनायकवादी शासनको प्रतिफल  सुखद नहुने चेतावनी दिएका छन् । 

मिश्रले इजलासमा पनि आफूलाई नयाँ अभियोग लगाइएको भनेर असन्तुष्टि पोखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप