रवीन्द्र मिश्रमाथि लगाइयो अर्को अभियोग
काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध तीनकुने घटनासँग जोडेर अर्को अभियोग लगाइएको छ । पक्राउ परेको ४२ औँ दिनमा उनीविरुद्ध ‘आपराधिक उपद्रव’ को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
राप्रपाका महामन्त्री शरदराज पाठकले उनलाई नयाँ अभियोग लगाइएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘रवीन्द्र मिश्रलाई पक्राऊ गरेको आज ४२ औँ दिनमा आएर आपराधिक उपद्रो’को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘एउटा प्रजातान्त्रिक विचारकलाई लम्बेतान समयसम्म थुन्न र फरक मतलाई पुरै निषेध गर्न राज्य पुरापुर शक्ति लगाएर षड्यन्त्रपूर्वक अघि बढेको छ ।’
उनले यसमा केहीले हर्षित भएर काखी बजाएपनि राज्य सञ्चालकहरूले यस्तो निरङ्कुश अधिनायकवादी शासनको प्रतिफल सुखद नहुने चेतावनी दिएका छन् ।
मिश्रले इजलासमा पनि आफूलाई नयाँ अभियोग लगाइएको भनेर असन्तुष्टि पोखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण