सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली

आइतबार, २८ वैशाख २०८२, १६ : १८
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबिच भएको सहमति अनुसार संविधान संशोधन गर्ने भन्दै यसका लागि अधिकतम सहमति खोज्ने बताए । उनले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने स्पष्ट पारे ।

उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरी सरकारको कार्यक्रम आएको बताए । प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दै अघि बढ्ने धारणा राखे ।

त्यस्तै उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हर सम्भव प्रयास हुने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप