वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार हो : प्रचण्ड
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपाल कर्णाली प्रदेश सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ,’ ‘तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’
समाजवादको आधार तय गर्नका लागि नै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नगरेका कारण आफू बाहिरिनु परेको समेत उनले बताए ।
साथै उनले कर्णालीको विकासका लागि आफू प्रधानमन्त्री भएको समयमा चिन भ्रमणमा हिल्साको विकासका लागि सम्झौता गरेको उल्लेख गरे ।‘मैले नीति तथा कार्यक्रममा कर्णालीका लागि ल्याएका विशेष कार्यक्रम अहिलेको सरकारले हटाएको छ,’ उनले भने,‘यो सरकारले फेरि कर्णालीमाथि विभेद गर्दै छ । कर्णालीलाई पछाडि पार्ने प्रयास गरिँदै छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण