पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा गएको छ । लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट तथा उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका अन्य दुई रिट आज न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको थियो ।
लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण कँडेलका अनुसार तीनै रिटमाथि आज हेर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा सुनुवाइ भएको थियो । तर पूर्वडीआईजी जोशीको मुद्दा न्यायाधीश मुसलमानले पहिले नै हेरेकाले उनले मुद्दा हेरेनन् । जोशीको मुद्दा हेर्न नमिल्ने भएपछि एकै फाँटमा रहेका तीनवटै रिट हेर्न नमिल्नेमा पठाइएको छ ।
वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण