क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल
बिहीबार, ०१ जेठ २०८२, १४ : ०२
सारांश
- पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलहरू बन्नु र विभाजन हुनु पुँजीवादी चरित्र भएको बताए।
- उनले वामपन्थी नेता निर्मल लामाको स्मृति दिवसमा यस्तो धारणा राखेका हुन्।
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलहरू बन्नु र विभाजन हुनु पुँजीवादी चरित्र भएको बताएका छन् । बिहीबार वामपन्थी नेता निर्मल लामाको २५ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले यस्तो अवस्थामा जुनसुकै आए पनि काम गर्न नसक्ने बताएका हुन् ।
‘दलीय व्यवस्थामा दलहरू बन्नु स्वाभाविक हुन्छ । दलीय व्यवस्था भनेको पुँजीवादी व्यवस्था हो । पुँजीवादमा दलहरू बनिरहन्छन्, भत्किरहन्छन् । यो पुँजीवादको चरित्र हो’, उनले भने, ‘पुँजीवादी संविधानमा कति सङ्ख्याले सरकार बन्ने र कति सङ्ख्याले ढल्ने भनेर लेखेको हुन्छ । सरकार जति तलमाथि भए पनि क्रान्तिकारी कार्यदिशा छैन भने केही हुनेवाला छैन ।’
उनले २०७४ सालमा वामपन्थीको झन्डै दुई तिहाइ मत प्राप्त गरे पनि नेकपालाई जोगाउन नसक्नु कमजोरी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपुरमा हावाहुरीको वितण्डा: विनयी त्रिवेणीमा २० भन्दा बढी घरको छाना उडायो
-
सर्लाहीमा प्रहरीमाथि आक्रमण : पूर्वप्रदेश सांसदलाई खोज्दै प्रहरी
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
-
प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन
-
मोबाइल फोन हेर्दा मोतीबिन्दु हुन्छ ?
-
पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण