क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल
बिहीबार, ०१ जेठ २०८२, १४ : ०२

समाचार सारांश
- पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलहरू बन्नु र विभाजन हुनु पुँजीवादी चरित्र भएको बताए।
- उनले वामपन्थी नेता निर्मल लामाको स्मृति दिवसमा यस्तो धारणा राखेका हुन्।
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलहरू बन्नु र विभाजन हुनु पुँजीवादी चरित्र भएको बताएका छन् । बिहीबार वामपन्थी नेता निर्मल लामाको २५ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले यस्तो अवस्थामा जुनसुकै आए पनि काम गर्न नसक्ने बताएका हुन् ।
‘दलीय व्यवस्थामा दलहरू बन्नु स्वाभाविक हुन्छ । दलीय व्यवस्था भनेको पुँजीवादी व्यवस्था हो । पुँजीवादमा दलहरू बनिरहन्छन्, भत्किरहन्छन् । यो पुँजीवादको चरित्र हो’, उनले भने, ‘पुँजीवादी संविधानमा कति सङ्ख्याले सरकार बन्ने र कति सङ्ख्याले ढल्ने भनेर लेखेको हुन्छ । सरकार जति तलमाथि भए पनि क्रान्तिकारी कार्यदिशा छैन भने केही हुनेवाला छैन ।’
उनले २०७४ सालमा वामपन्थीको झन्डै दुई तिहाइ मत प्राप्त गरे पनि नेकपालाई जोगाउन नसक्नु कमजोरी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य