काठमाडौँ र ललितपुरमा चोरी

काठमाडौँ । काठमाडौँ र ललितपुरमा बुधबार चोरी भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका-८ शेषमती शान्तिटोल डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-३ घर भएका ५४ वर्षीय होम प्रसाद पुडासैनीको कोठामा चोरी भएको हो ।
उनको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब २ लाख ९२ हजार २ सय रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
उता, ललितपुरको महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने फडेन्द्र राईको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।
यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका-९ बस्ने पशुपति चौधरीको घरबाट सुनका विभिन्न गरगहना गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।