आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु प्ले–अफ चरणको नजिक छ । बेंगलुरुले शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने कार्यक्रम थियो । तर, उक्त खेल वर्षाका कारण रद्द भएपछि बेंगलुरुको प्ले–अफ चरण यात्रा केही लम्बिएको छ ।
हालसम्म १२ खेल खेलेको बेंगलुरु १७ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । बेंगलुरुले अब दुई खेल खेल्न बाँकी छ । बेंगलुरुले अब सनराइजर्स हैदराबाद र लखनउ जायन्ट्ससँग खेल्नेछ । त्यसमध्ये एक खेलमात्र जिते पनि बेंगलुरु प्रतियोगिताको प्ले–अफ चरणमा पुग्नेछ ।
यसैबिच, बेंगलुरुका पूर्वखेलाडी एबी डे भिलियर्सले टोलीको प्रदर्शनबाट आफू निकै उत्साही भएको प्रतिक्रिया दिएका छन् । दक्षिण अफ्रिकी खेलाडी डे भिलियर्सले बेंगलुरु प्रतियोगिताको फाइनलमा पुगेमा आफू टोलीको हौसला बढाउन भारत आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
डे भिलियर्सले ११ वर्ष बेंगलुरुको टोलीबाट आईपीएल खेलेका थिए । उनले बेंगलुरुका लागि एक सय ५६ खेल खेल्दै कुल चार हजार चार सय ९१ रन बनाएका छन् । उनले विराट कोहलीसँग निकैपटक उत्कृष्ट साझेदारी पनि गरेका थिए ।
तर, उनले पनि बेंगलुरुलाई आईपीएलको उपाधि भने चुमाउन सकेनन् । त्यसपछि सन् २०२१ मा उनले आईपीएलबाट विदा लिएका थिए । तर, अहिले आएर आफ्नो पूर्वक्लबले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी पनि उत्साही बनेका हुन् ।
४१ वर्षीय डे भिलियर्सले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन्, ‘रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलको फाइनलमा पुग्यो भने टोलीको हौसला बढाउन म स्टेडियममा हुनेछ । यो मेरो प्रतिबद्धता हो । विराट कोहलीसँग मिलेर ट्रफी उचाल्दाको क्षम वास्तबमै रोचक हुनेछ,’ उनले भनेका छन् ।
डे भिलियर्सले दुईवटा टोलीबाट आईपीएल खेलेका थिए । उनले दिल्ली क्यापिटल्सबाट पनि २८ खेल खेल्दै ६ सय ७१ रन बनाएका थिए ।
आईपीएलमा उनले कुल एक सय ८४ खेल खेल्दै कुल पाँच हजार एक सय ६२ रन बनाएका छन् । यस क्रममा उनले तीन शतक र ४० अर्धशतक प्रहार गरेका छन् । उनी आईपीएलमा दुई सय ५१ छक्का प्रहार गर्ने खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण