आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’

आइतबार, ०४ जेठ २०८२, १५ : ४६
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री नीति शाहले चलचित्र ‘मोहर’ को ‘चाहिँदैन मोहर’ बोलको गीतको छायाङ्कन सकाएका छन् ।

चितवन र नवलपरासीका विभिन्न स्थानमा ५ दिन लगाएर गीतको छायाङ्कन सकिएको हो । गीतमा पल र नीति रोमान्टिक अवतारमा देखिने निर्माण पक्षले जानकारी दियो ।

‘चाहिँदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुङ्गानाको शब्द, शरद हुमागाँई र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । 

गीत केही हप्तापछि सार्वजनिक गर्ने तयारी यसको निर्माण पक्षको छ । गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ ।

फिल्म मेकर्स प्रा।लिको व्यानरमा निर्माण भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता चुम्बन जङ्ग शाही हुन् ।

फिल्ममा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जङ्ग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।

दिपेन बस्न्यातको छायाङ्कन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुङ्गाना र हर्क साउदको शब्द छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

फिल्मको केही तस्बिर र फस्टलुक सार्वजनिक भएसँगै दर्शकको चासो समेत फिल्मलाई लिएर बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप