पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री नीति शाहले चलचित्र ‘मोहर’ को ‘चाहिँदैन मोहर’ बोलको गीतको छायाङ्कन सकाएका छन् ।
चितवन र नवलपरासीका विभिन्न स्थानमा ५ दिन लगाएर गीतको छायाङ्कन सकिएको हो । गीतमा पल र नीति रोमान्टिक अवतारमा देखिने निर्माण पक्षले जानकारी दियो ।
‘चाहिँदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुङ्गानाको शब्द, शरद हुमागाँई र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
गीत केही हप्तापछि सार्वजनिक गर्ने तयारी यसको निर्माण पक्षको छ । गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ ।
फिल्म मेकर्स प्रा।लिको व्यानरमा निर्माण भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता चुम्बन जङ्ग शाही हुन् ।
फिल्ममा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जङ्ग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।
दिपेन बस्न्यातको छायाङ्कन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुङ्गाना र हर्क साउदको शब्द छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
फिल्मको केही तस्बिर र फस्टलुक सार्वजनिक भएसँगै दर्शकको चासो समेत फिल्मलाई लिएर बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
-
मदन भण्डारी ‘राष्ट्रिय पुरस्कार’ बाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
-
समृद्धिको आधार राष्ट्रिय परिचयपत्र र त्यसभित्रका तथ्याङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण