माओवादी नेतृत्वको सरकारले इतिहासमा नमेटिने रेकर्ड राख्यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले थुप्रै रेकर्ड राखेको दाबी गरेका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत आइतबार दैलेखको सदरमुकाममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा रेकर्ड राखेको दाबी गरको हुन् ।
पूर्व–पश्चिम हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग लगायत उत्तर–दक्षिण जोड्ने करिडोर आफ्नै नेतृत्वको सरकारले ल्याएको परियोजना भएको जिकिर गरे ।
‘गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले मैले देशलाई एकताबद्ध रूपमा बनाउन मध्यपहाडी लोक मार्गको प्रस्ताव गरेँ । यो मार्गले पहाडी क्षेत्रमा बस्ने दलित, श्रमिक, जनजाति, उत्पीडित जाति सबै समुदायका आवश्यकता पुरा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अगाडि बढाइएका हौँ । पूर्व–पश्चिम मदन भण्डारी लोक मार्ग पनि माओवादीको परिकल्पनामा प्रस्ताव गरिएको मार्ग हो । दोस्रो पटक म प्रधानमन्त्री हुँदा १८ घण्टा लोडसेडिङ अन्त्य गर्न सफल भयौँ । तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर आयो । सत्तामा गएर केही गर्नुपर्छ भनेर भ्रष्टाचारीविरूद्ध अभियान सुरु गर्यौँ । यसपटक इतिहासमा नमेटिने गरी रेकर्ड राख्नुपर्छ भनेर जति दिन सरकारमा बस्छौं सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्यौँ’, उनले दाबी गरे ।
नेकपा माओवादीले केही पनि गरेन भनेर भ्रमित गर्न खोजिएकोमा प्रचण्डले असन्तुष्टि पोखे । यस्तै नागरिकता समस्या समाधान, मिटरब्याजी पीडितलाई न्याय दिलाउन ऐन नै बनाएर कार्यान्वयन गरेको उनले जिकिर गरे ।
तर अहिलेको सरकार पीडितको पक्षमा होइन, सामन्तीको पक्षमा काम गरिराखेको आरोप लगाए । छिमेकी मुलुक चीन र भारत लगायत मित्रराष्ट्र देशसँग राम्रो सम्बन्धन बनाउन सफल भएको, शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन टिआरसी विधेयक अगाडि बढाउन सफल भएको उनले दाबी गरे ।
उनले माओवादी कांग्रेस र एमालेको वैशाखी नटेकी चुनाव जित्न नसक्ने चिर्दै २०६४ को भन्दा बढी सिट ल्याएर २०८४ मा निर्वाचन जित्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह