बाबुरामबारे प्रचण्डको टिप्पणी– कस्तो बुद्धि नभएको डाक्टर ?
सारांश
- प्रचण्डले बाबुराम भट्टराईलाई 'बुद्धि नभएको डाक्टर' भन्दै कटाक्ष गरे। उनले भट्टराई प्रतिक्रियावादीसँग मिलेको आरोप समेत लगाए।
- प्रचण्डले पार्टी एकताको प्रस्ताव राख्दा भट्टराईले अस्वीकार गरेको र कम्युनिष्ट पार्टीको नाम राख्न नमानेको बताए।
- प्रचण्डले बाबुरामको टिप्पणी गर्दा नारायणकाजी श्रेष्ठसहितका नेता हाँसेको भिडियो सार्वजनिक भएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् । उनले बाबुरामलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको टिप्पणी गरेका हुन् ।
पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत बुधबार रुकुम(पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराई प्रतिक्रियावादीसँग मिलेको समेत आरोप लगाए ।
‘अब उहाँ खिइँदै खिइँदै पुरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ । प्रतिक्रियावादीले पनि पत्याउँदैन आजकल’, प्रचण्डले कटाक्ष गरे, ‘हाँसोको पात्र भएका छन् बाबुराम । कस्तो बुद्धि नभएको डाक्टर ? सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले २०७९ को निर्वाचनमा आफू भट्टराईको निर्वाचन क्षेत्र–२ बाट चुनाव लड्ने बेलामै पार्टी एकता गर्ने प्रस्ताव गरेपनि भट्टराईले नमानेको जिकिर गरे ।
‘म गोरखाबाट चुनाव लड्दा पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन । कम्युनिस्ट पार्टी नाम राख्न चाहनुहुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के हामी मर्ने बाबुरामका लागि ?’, उनले भने, ‘कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे ! त्यस्तोसँग के गरी एकता गर्नु ?’
प्रचण्डले बाबुरामबारे टिप्पणी गरिरहँदा दायाँबायाँ बसेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्द किशोर पुन पासाङ हाँसिरहेको सार्वजनिक एक भिडियोमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण