बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात

बिहीबार, ०८ जेठ २०८२, १२ : ०७
बिहीबार, ०८ जेठ २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको हो । 

विभागका अनुसार २०८२ वैशाख मसान्तसम्म २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७७२१०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिङ्कर भारतमा निर्यात भएको छ । 

यसमध्ये ६४ करोड ९२  लाख १९ हजार रुपैयाँको ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्कर र १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप