रवि लामिछानेका कानुन व्यवसायीको जवाफी बहस सुरु
शुक्रबार, ०९ जेठ २०८२, १२ : ३९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुप्रिम सहकारीका पीडितको तर्फबाट बहस सकिएको छ ।
सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले बहस गरेका छन् । जाहेरवालाका तर्फबाट बहस सकिएसँगै लामिछानेका कानुन व्यवसायीको तर्फबाट जवाफी बहस सुरु भएको छ ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफी बहस गरिरहेका छन् । बहसका क्रममा न्यायाधीश नहकुल सुवेदीले ब्रेकअघि नै सुनुवाइ सक्नेगरी बहस छोट्याउन आग्रह गरेका छन् । जवाफी बहस सकिएपछि आजै आदेश आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी विधेयकमा गगन थापाको नेतृत्वमा कांग्रेसका ७ संशोधन प्रस्ताव
-
राजावादीको जनजागरण अभियान सुरू हुँदै, जमलबाट शुभारम्भ
-
‘कुलिङ पिरियड’ को प्रावधान यथावत रहन्छ : मन्त्री गुप्ता
-
रवि लामिछानेको मुद्दामा आदेश आउँदै, सर्वोच्च परिसरमा समर्थकको भीड (तस्बिरहरू)
-
राममाया रानाभाटसँग प्रधानमन्त्रीको भेट
-
शिक्षा उपसमितिले बुझाएको प्रतिवेदनमा राहत शिक्षकले किन जनाए आपत्ति ?