१० महिनामा ३५ अर्ब ५३ करोडको धान चामल आयात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म ३५ अर्ब ५३ करोड रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।
२०८१ साउनदेखि २०८२ वैशाख मसान्तसम्म ३५ अर्ब ५३ करोड ८० लाख १२ हजार रुपैयाँको ६९८९०५.९८ मेट्रिक टन धान चामल आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागले सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांकअनुसार सो परिमाणममा धान चामल आयात हुँदा ३ अर्ब२२ करोड २३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कुल आयात भएको धान चामलमध्ये ८१ करोड ८२ लाख ९३ हजार रुपैयाँको १८५०.७९ मेट्रिक टन धानको बीउ आयात भएको छ ।
यसैगरी १८ अर्ब ९५ करोड ५२ लाख ४ हजार रुपैयाँको ४९५१३८.६१ मेट्रिक टन धान आयात भएको छ ।
यसैगरी ६ अर्ब ५४ करोड १५ लाख ६७ हजार रुपैयाँको ५९६३४.१९ मेट्रिक टन बासमती चामल, ८ अर्ब ९९ करोड ३९ लाख २९ हजार रुपैयाँको १३६७४४.६८ मेट्रिक टन अन्य चामल, २२ करोड ८२ लाख ८४ हजार रुपैयाँको ५५३३.३४ मेट्रिक टन कनिका र ७ लाख ३६ हजार रुपैयाँको ४.३५मेट्रिक टन ब्राउन चामल आयात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण